काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग्दै दुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
रिज लाइन इनर्जी र लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेका हुन्। रिजले १ सय रुपैयाँ अंकित मूल्यमा ५८ लाख ४ हजार २०१ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ५८ करोड ४२ हजार १ सय रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । त्यस्तै, लाफिङ बुद्धले १ सय रुपैयाँ अंकित मूल्यमा कुल ६५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको छ ।
यसले ६५ लाख ७७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
FACEBOOK COMMENTS