काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयर आईपीओ निष्काशन गरको छ ।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो मेरो शेयर मार्फत आवेदन दिन सकिने छ ।