काठमाडौं । पियोर इनर्जी कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको छ । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
सीडीएससीका अनुसार आईपीओमा १६ लाख ३४ हजार ४८९ जनाले १ करोड ९२ लाख ९४ हजार ७६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १६।१४ गुणा बढी हो ।
FACEBOOK COMMENTS