काठमाडौं । इरानले गरेको आक्रमणपछि संयुक्त अरब इमिरेट्सको दुबईमा चार जना घाइते भएका छन् । दुबई सरकारले दिएको जानकारी अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको एक घटनामा उनीहरू घाइते भएका हुन् ।
यसैबीच अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको अर्को घटनामा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना अन्य घाइते भएका छन् । मृत्यु भएका नागरिकको परिचय खुलाइएको छैन ।
उता कतारमा पनि इरानी आक्रमणका कारण घाइते हुनेको संख्या बढेको छ । कतारको गृह मन्त्रालयका अनुसार पछिल्लो घटनापछि थप आठ जना घाइते भएका छन् । यससँगै आक्रमण सुरु भएयता घाइते हुनेको कुल संख्या १६ पुगेको जनाइएको छ ।
यी समाचार पनि पढनुस्-
अमेरिका–इजरायल आक्रमणमा खामेनीका सल्लाहकार र रिभोलुसन गाड्र्सका प्रमुखको पनि मृत्यु

इरानमा राज्य सञ्चालनका लागि तीन सदस्यीय परिषद् गठन

FACEBOOK COMMENTS