काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा युद्ध रोक्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन् । उनका अनुसार जब विपक्षी पक्षलाई पूर्ण रूपमा कमजोर पारिँदै हुन्छ, त्यस्तो अवस्थामा युद्धविराम उपयुक्त हुँदैन । ट्रम्पले अमेरिका युद्धमा अग्रता हासिल गरिसकेको दाबी गर्दै यसै कारण तत्काल युद्ध रोक्ने मनसाय नरहेको बताएका छन् ।
यसैबीच उनले उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूमाथि पनि कडा टिप्पणी गरेका छन् । सहयोग नगरेको भन्दै उनले ती राष्ट्रहरूलाई कायरको संज्ञा दिएका छन् र अमेरिकाविना उक्त सैन्य गठबन्धन प्रभावहीन हुने बताएका छन् ।
समाचारअनुसार ट्रम्पले इरानविरुद्धको अभियानमा विशेषगरी होर्मुज जलडमरूमध्य खुला गराउन सहयोग मागेका थिए । तर धेरै देशहरूले प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेपछि अमेरिका र उसका सहयोगीहरूबीच तनाव बढेको जनाइएको छ ।
FACEBOOK COMMENTS