काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सोल्टानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएपछि ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् ।
मानव अधिकारका लागि हेन्गाव संगठनका एक प्रतिनिधिले इरानले प्रदर्शनकारीलाई कारवाही गर्ने प्रक्रिया छिटो अगाडी बढाएको बताएका छन् ।सोल्टानीका एक आफन्तले इरानी अदालतले छिटो प्रक्रिया अगाडी बढाएर दुई दिनमै भित्र मृत्युदण्डको सजाय सुनाएको छ ।
यसअघि इरानका सर्वोच्च नेता र राष्ट्रपति दुवैले प्रदर्शनकारीलाई कडा सजाय दिने बताएका थिए ।
FACEBOOK COMMENTS