काठमाडौं । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सले अमेरिका अब यस युद्धमा प्रत्यक्ष रूपमा सामेल भएको र इरानको ‘पवित्र भूमि’ उल्लङ्घन गरेको बताएको छ ।
इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सका प्रवक्ता इब्राहिम जोल्फाघारीले भिडिओ सन्देशमार्फत अमेरिका अब प्रत्यक्ष युद्धमा सामेल भएको बताउँदै उसले अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘अमेरिकाले गम्भीर, खेदजनक र अप्रत्याशित परिणाम’ भोग्नुपर्नेछ, जुन ‘शक्तिशाली र लक्षित अपरेशन’ मार्फत दिइनेछ ।’
आफ्नो भिडिओ सन्देशमा जोल्फाघारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस युद्धको सुरूआत गरेको र यसको अन्त्य आफूहरूले गर्ने बताएका छन् ।
यसबाहेक, इरानी मिडियाले इरानका कमाण्डर इन चिफ अमिर हतामीको भिडिओ पनि जारी गरेको छ । उक्त भिडिओमा उनले अमेरिकाले विगतमा इरानविरुद्ध ‘अपराध’ गर्दा ‘कडा प्रतिक्रिया’ पाएको र यसपटक पनि त्यस्तै हुने बताएका छन् ।
अमेरिकाले आइतबार बिहान फोर्डो, नातान्ज र इस्फहानमा इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेपछि इरान र इजरायल युद्धमा नयाँ मोड आएको छ ।
FACEBOOK COMMENTS