![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
राष्ट्रपति रइसी, अजरबैजानसँगको उत्तर–पश्चिमी सीमामा निर्मित संयुक्त बाँधको उद्घाटन समारोहमा सहभागी भएर फर्किंदै थिए । उक्त हेलिकोप्टर भर्जकान क्षेत्रनजिकै दुर्घटना भएको जनाइएको छ ।
१६ वटा उद्धार टोली र ड्रोनहरु दुर्घटना क्षेत्रतर्फ पठाइएको तर सो क्षेत्र पहाडी र घना जंगलयुक्त भएको र मौसम पनि प्रतिकूल भएकाले खोजीमा समय लाग्ने आन्तरिक व्यवस्थामन्त्री अहमद वाहिदीले जानकारी दिएका छन् । रेडक्रिसेन्टले उद्धार टोलीका तीन सदस्य हराइरहेको जनाएको छ ।
राष्ट्रपति रइसीको सवारी दस्तामा तीन हेलिकोप्टर संलग्न रहेको जनाइएको छ । विदेशमन्त्री होसेन अमिर , इस्ट अजरबैजान प्रान्तका गभर्नर मलेक रहमतिलगायत वरिष्ठ अधिकारीहरु राष्ट्रपति रइसीको टोलीमा सहभागी रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS