काठमाडौं । इजरायल र इरानबीच दोहोरो युद्ध सुरू भएको छ । शुक्रबार बिहान इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको युद्धमा इरानले पनि इजरायलमाथि जवाफी आक्रमण सुरू गरेको छ ।
इजरायली आक्रमणमा इरानमा अहिलेसम्म सेनाका शीर्ष कमाण्डरसहित ७८ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएको बताइएको छ ।
जवाफमा इरानले इजरायलतर्फ १५० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यीमध्ये ६ वटा क्षेप्यास्त्र तेल अभिभमा खसेका छन्, जसमा एक महिलाको मृत्यु भएको रिपोर्ट आएको छ । यस्तै, ६३ जना घाइते भएका छन् ।
मिडिया रिपोर्टहरूले इजरायली रक्षा मन्त्रालयलाई पनि निशाना बनाएको दाबी गरेका छन् । अहिले पनि तेल अभिभमा कैयौँ विस्फोट सुनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
आक्रमणअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सुरक्षित स्थानमा सारिएको थियो । इजरायलले शुक्रबार बिहान इरानी आणविक स्थलहरू र धेरै सैन्य स्टेशनहरूलाई निशाना बनाएको थियो । उक्त आक्रमणमा ६ आणविक वैज्ञानिक र २० भन्दा बढी कमाण्डरहरू मारिएका छन् ।
FACEBOOK COMMENTS