काठमाडौं । इरान र इजरायलबीचको युद्ध सातौँ दिनमा पुगेको छ । इजरायली ह्याकरहरूले बुधबार राति अबेर इरानको सरकारी सञ्चालित आईआरआईबी टीभीसहित धेरै समाचार च्यानलहरू ह्याक गरे । त्यसक्रममा मानिसहरूलाई विद्रोह गर्न अपिल गरिएको थियो । ती ह्याकरहरूले २०२२ को विरोध प्रदर्शनको भिडिओहरू प्ले गरे, जसमा महिलाहरूले आफ्नो कपाल काटिरहेका थिए ।
२०२२ मा महसा अमिनी नामकी एक इरानी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकारविरोधी व्यापक प्रदर्शन भएको थियो । ह्याकरहरूले सो प्रदर्शनको भिडिओ टीभीमा चलाएका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रमणको योजनालाई अनुमोदन गरेका छन् । अब ट्रम्पको अन्तिम आदेश मात्र बाँकी छ । द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, आक्रमणको आदेश दिनुअघि ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ या त्याग्दैन भन्ने हेर्न चाहेको बताइएको छ ।
पछिल्ला ६ दिनमा यस युद्धमा अहिलेसम्म इजरायलका २४ जना मारिएका छन् । साथै, वाशिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ५८५ पुगेको र १,३२६ जना घाइते भएको दाबी गरेको छ ।
FACEBOOK COMMENTS