काठमाडौं । इजरायलले इरानले युद्धविरामको सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सेनालाई तेहरानस्थित सरकारी स्थलहरूमा जोडदार हमला गर्न आदेश दिएका छन् ।
इरानले युद्धविरामपछि इजरायलमा मिसाइल हमला गरेको आरोप लगाएको छ ।
तर, इरानले भने यस आरोपलाई अस्वीकार गरेको छ । इरानी सरकारी मिडियाले इजरायलको आरोपको खण्डन गर्दै युद्धविराम सुरु भएपछि इजरायलमा मिसाइल नदागेको स्पष्ट गरेको हो ।
यसअघि, आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा पोष्ट गर्दै इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए । त्यसपछि इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्तावमा सहमत भएको बताएको थियो ।
इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पनि इजरायलले सैन्य अभियान बन्द गरेमा इरानले पनि प्रतिकारात्मक कारबाही नगर्ने बताएका थिए ।
FACEBOOK COMMENTS