काठमाडौं । इजरायली सरकारले इरानमाथिको आक्रमणका ‘उद्देश्यहरू प्राप्त’ गरेको बताएको छ ।
इजरायली सरकारले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने बताउँदै इरानबाट आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रको दोहोरो खतरा हटाएको बताएको छ ।
इजरायलले भनेको छ, ‘इरानको सैन्य नेतृत्वमा उल्लेखनीय क्षति पुर्याएको छ र दर्जनौँ इरानी सरकारी साइटहरू नष्ट गरेको छ तथा अर्का एक वरिष्ठ आणविक वैज्ञानिकको हत्या गरेको छ । इजरायल इरानी आणविक खतरा हटाउन अमेरिकी समर्थन र साझेदारीको लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन्छ ।’
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार राति रक्षामन्त्री, आईडीएफका प्रमुख कर्मचारी र मोसादका निर्देशकसहित सुरक्षा परिषदको बैठक बोलाएका थिए । बैठकमा इजरायलले अपरेशन राइजिङ लायनका सबै उद्देश्यहरू प्राप्त गरेको निष्कर्ष निकालिएको थियो ।
अपरेशन राइजिङ लायनमार्फत इजरायलले ऐतिहासिक उपलब्धिहरू हासिल गरेको र विश्वका प्रमुख शक्तिहरूको पहिलो श्रेणीमा आफूलाई स्थापित गरेको निष्कर्ष इजरायलले निकालेको छ ।
FACEBOOK COMMENTS