काठमाडौं । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक कार्यक्रम नष्ट नभएको रिपोर्ट आएको छ । यो समाचारपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् ।
पेन्टागनबाट इरानको परमाणु केन्द्र पूर्ण रूपमा नष्ट नभएको रिपोर्ट अमेरिकी मिडिया सीएनएन र न्यूयोर्क टाइम्सले प्रकाशित गरिरहेका छन् ।
यी रिपोर्टहरूपछि ट्रम्पले सामाजिक सञ्जालमा लगभग ६० सेकेन्डको भिडिओे शेयर गरेका छन्, जसमा अमेरिकी बी–२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देख्न सकिन्छ ।
पेन्टागनको चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक अड्डाहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट गरेको छैन ।
राष्ट्रपति ट्रम्पले यी रिपोर्टहरू झुटो भन्दै खण्डन गरेका छन् । यो अमेरिकी सेनालाई बदनाम गराउने प्रयास रहेको उनको अरोप छ ।
ट्रम्पले भनेका छन्, ‘सीएनएन र न्यूयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् । दुवैले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरूमध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन् । इरानको आणविक अड्डाहरू पूर्ण रूपमा नष्ट भएका छन् । जनताले न्यूयोर्क टाइम्स र सीएनएनलाई दोष लगाइरहेका छन् ।’
FACEBOOK COMMENTS