काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार गरेको छ । अब धेरै भयो । यसलाई रोक्ने समय आएको छ । शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ ।’
युरोपेली सङ्घकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँग कुरा गरेकी उल्लेख गर्दै भनेकी छन्, ‘म दोहोर्याउँछु कि इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ । साथै, क्षेत्रीय स्थिरता कायम राख्नु धेरै महत्त्वपूर्ण छ ।’ उनले दुवै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न अपिल गरेकी छिन् ।
इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलामा इजरायलमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । त्यसबेलादेखि दुई देशबीच तनाव छ ।
FACEBOOK COMMENTS