काठमाडाैं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई लक्षित गरी स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले नेपाल बैंक लिमिटेड र काठमाडौं, सिनामंगलस्थित आईभीएफ एण्ड रिसर्च सेन्टर बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा खातावाल ग्राहकहरुले आईभीएफ एण्ड रिसर्च सेन्टरको विविध उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन्। साथै, Gynecology consultation तथा IVF specialist सँगको परामर्श सेवामा भने १०० प्रतिशतसम्म छुट दिइनेछ।
सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभीएफ एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन्।
यस सहकार्यबाट बैंकका कर्मचारी तथा सेवाग्राहीहरुलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवाको पहुँचमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

FACEBOOK COMMENTS