काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालको संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना दिएका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने भारतको प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाललाई नामै लिएर शुभकामना दिएका छन्। साथै नेपाल सरकार र सम्पूर्ण नेपाली जनतालाई पनि शुभकामना व्यक्त गरेका छन्।
जयशंकरले नेपाल र भारतबीच रहेको मित्रता गहिरो र लामो समयदेखि कायम रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
‘हाम्रो गहिरो र चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान प्रतिबद्ध छौँ,’ जयशंकरले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

नेपालको संविधान दिवसका अवसरमा आएको भारतीय विदेशमन्त्रीको शुभकामना सन्देशमा दुई देशबीचको परम्परागत सम्बन्ध र मित्रतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। जयशंकरको सन्देशमा नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयलाई विशेष रूपमा जोड दिइएको छ।