जनकपुरधाम । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेको सम्झनामा जनकपुरधाममा मंगलबार विरोध प्रदर्शन गरिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा भएको कार्यक्रममा हजारौं नागरिकको उपस्थिति रहेको थियो ।
विरोध कार्यक्रममा सहभागीहरूले ‘आतंकवाद मुर्दाबाद’,‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित जनकचोकदेखि जानकी मन्दिरसम्म परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरको पुतला दहनसमेत गरिएको थियो । मुनिरले आतंकवादीप्रति सहानुभूति जनाउने अभिव्यक्ति दिएको भन्दै विरोध जनाइएको हो ।
कार्यक्रममा प्रदेश सह–अध्यक्ष दीपक यादव, अध्यक्ष डा। राजीव झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, अभियानी चुरे संघर्ष समिति, स्थानीय जनप्रतिनिधि, मुस्लिम तथा हिन्दू समुदायका युवाहरू, पूर्वजिसस उपप्रमुख दिपक झा, जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर –३ वार्ड अध्यक्ष दिपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए ।
संयोजकहरूले घटनाको अन्तर्राष्ट्रिय तहमा उजागर गरिने प्रतिबद्धता जनाएका छन् । समूहले सीमा सुरक्षाको सवालमा निरन्तर जनस्तरबाट आवाज उठाउने र पीडित परिवारलाई न्याय दिलाउने संघर्ष जारी रहने बताएको छ ।
FACEBOOK COMMENTS