चितवन । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले कर्मचारी क्षमता अभिवृद्धि प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
संस्थाले प्रदेश १ र २ का फिल्डमा कार्यरत २०८ जना कर्मचारीहरुलाई लक्षित गर्दै चितवनमा २ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम सम्पन्न गरेको हो ।
तालिमको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सहभागीहरूसँग संवाद गर्दै कर्मचारीहरुको सुझाब तथा गुनासो सुन्नुका साथै वर्तमान अवस्थामा देखिएका सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले फिल्डमा कार्यरत कर्मचारीहरूले अझ गुणस्तरीय सेवा प्रवाह गर्न तालिमले थप उत्प्रेरणा प्रदान गर्ने अपेक्षा राखे ।
तालिम अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर सौनक भट्ट, लघुबित्त विज्ञ शिव हरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल तथा संस्थाका तालिम विभाग प्रमुख उमेश मान डंगोलले सहजीकरण गरेका थिए ।
संस्थाले बैशाख महिनाभर देशभरका आफ्ना कर्मचारीहरुलाई विभिन्न स्थानमा यस्ता तालिमहरु सञ्चालन गरिरहेको जनाएको छ। नेतृत्व विकास र सेवा गुणस्तर अभिवृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ।
