काठमाडौं । प्रहरीले जापान पठाउने आश्वासनमा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको निबुवाटारका ३७ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।
उनलाई प्रहरीले आइतबार काठमाडौंस्थित बिजुली बजारबाट पक्राउ गरेको हो । उनी हाल ललितपुरको सानेपामा बस्दै आएका थिए ।
उनले रिता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले आठ लाख रुपैयाँ लागतमा जापान पठाउने आश्वासन दिएका थिए ।
पीडितहरूलाई अधिकारीले जापान पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक दुई लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।
तर, पीडितहरूबाट पटकपटक ३५ लाख ५० हजार रुपैयाँ रकम लिएपछि उनी सम्पकर्विहीन बनेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई ्वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
FACEBOOK COMMENTS