काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको जसपाको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार दलको बैठकपछि बसेको छलफलमा अहिलेको सत्ता गठबन्धनमा रहँदा पार्टीका एजेन्डा र जनमत सम्बोधन हुन नसकेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको हो।
बस्नेतले भने, ‘जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।’
यससँगै सत्तारुढ गठबन्धनमा नयाँ राजनीतिक समीकरण बन्ने अनुमान गरिएको छ।
FACEBOOK COMMENTS