काठमाडौं । ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले जनतालाई अहिले नै रोज्न भनियो भने उनीहरूले अमेरिकाको सट्टा डेनमार्क रोज्ने बताएका छन् ।
डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिक निल्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा जेन्स फ्रेडरिक निल्सनको यो भनाइलाई अहिलेसम्मकै सबैभन्दा कडा प्रतिक्रिया मानिएको छ ।
यो भनाइ यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो योजना नवीकरण गरेका छन् ।ट्रम्पले रूस र चीनबाट जोगाउन ग्रीनल्याण्डको अमेरिकाको स्वामित्व आवश्यक रहेको छ ।
अमेरिकाले टापु खरिद गर्ने बताउदै आएको छ, तर यसलाई गाभ्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन । जब ट्रम्पलाई निल्सनको टिप्पणीको बारेमा प्रश्न गरिएको थियो, उनले भने, ुत्यो उनीहरूको समस्या हो, म उनीसँग सहमत छैन । यो उनीहरूको लागि ठूलो समस्या हुनेछ ।
डेनमार्क नेटोको सदस्य हो र यसका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सैन्य बलको प्रयोगले ट्रान्स–एट्लान्टिक रक्षा गठबन्धनको अन्त्य हुने चेतावनी दिएका छन् ।

उत्तर अमेरिका र आर्कटिकको बीचमा अवस्थित ग्रीनल्याण्डको भौगोलिक स्थानले क्षेप्यास्त्र आक्रमणको घटनामा प्रारम्भिक चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण बनाउछ र यस क्षेत्रमा जहाजहरूको निगरानीको लागि पनि महत्त्वपूर्ण मानिन्छ ।

FACEBOOK COMMENTS