काठमाडौं । सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्।
आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।
’नेपालमा सहकारीको ठूलो घोटला भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन्? विशेषत: जिबी राई कहिले पक्राउ पर्छन्?,’ राईले सोधेका थिए।
’सहकारीको विषयमा कोष खडा गरेका छौं। बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन।
गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो। ५०/६० लाखजस्तो दिइएको थियो।

यसको मतलब सरकारको पैसा गइरहेको होइन। हामीले सहकारीबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो,’ जबाफमा प्रधानमन्त्री बालेनले यतिमात्रै भने।
