काठमाडौँ। नेपालको हस्पिटालिटी ब्रान्ड ‘लभी हस्पिटालिटी ग्रुप’ द्वारा सञ्चालित चर्चित रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ ले आफ्नो १०औँ तथा हालसम्मकै ठुलो आउटलेट काठमाडौँको धुम्बाराहीमा सञ्चालनमा ल्याउने भएको छ।
ग्रुपको उत्कृष्ट व्यवस्थापनमा आगामी मङ्सिर २ गते विशेष समारोहका बिच यस नयाँ आउटलेटको ‘ग्रान्ड ओपनिङ’ गरिने भएको हो। उद्घाटनको अवसर पारेर ग्राहकहरूका लागि निःशुल्क सेकुवा र फ्रि बियरसहितको बम्पर अफर समेत घोषणा गरिएको छ।
कोरोना महामारी तथा आर्थिक मन्दीका बेला थोरै खर्चमा गुणस्तरीय परिकार खान पाइने उद्देश्यसहित सुरु भएको यो ब्रान्ड अहिले उपत्यकाव्यापी बनेको छ। लभी गार्डेनका सञ्चालक समेत रहेका सुदर्शन पौडेलले खल्तीमा पर्याप्त पैसा नहुँदा पनि साथीभाइ मिलेर खान र रमाउन सक्ने गरी ‘जिग्री सेकुवा’ को परिकल्पना गरेका थिए।
गाउँघरका परम्परागत मसला र स्वादको अनुसन्धान गरेर थालिएको यो व्यवसाय व्यवस्थापकीय कौशल, मौलिक स्वाद र आतिथ्यताका कारण छोटो समयमै फुड पारखीमाझ लोकप्रिय बनेको हो।
धुम्बाराहीमा स्थापना गरिएको यो सुविधासम्पन्न आउटलेटमा युवा सेयर लगानीकर्ता सुजन बानियाँले लगानी गरेका छन्। पुँजी बजारमा सफल पहिचान बनाएका बानियाँले लभी हस्पिटालिटी ग्रुपसँग सहकार्य गर्दै हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेका हुन्। ग्रुपको प्रत्यक्ष निगरानी र मापदण्ड अनुसार तयार पारिएको यस शाखालाई जिग्री सेकुवाको हालसम्मकै भव्य र स्तरीय संरचनाको रूपमा प्रस्तुत गरिएको छ।

धुम्बाराही आउटलेटसँगै जिग्री सेकुवा अब पूर्ण रूपको ‘फुल-फ्लेज्ड’ रेस्टुरेन्टमा परिणत भएको छ। यहाँ ग्राहकले जिग्रीको परम्परागत ‘लोकल सितन’ का अलावा इन्डियन र इटालियन खानाका विविध परिकारहरूको स्वाद एकै ठाउँमा लिन पाउनेछन्। उच्च स्तरको आन्तरिक सजावट र प्रिमियम वातावरण तयार गरिएको भए तापनि ग्राहकले तिर्ने मूल्य भने पुरानै ‘एमआरपी’ अवधारणामा आधारित हुनेछ।
