काठमाडौं । जसपा नेपालका चारजना नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।
पूर्वसांसद इन्दु कुमारी शर्मा, युवा नेता तथा जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र पार्टीका युवा नेता पुष्पराज चमनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
उनीहरूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई पूर्णकालीन सदस्यको रूपमा ‘हुंकार मधेस’ मा लाग्ने बताएका छन् ।
हुंकार मधेस अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा भएको थियो ।
अभियानको सय दिने मेची महाकाली हुलाकी पुनर्जागरण यात्रा प्रारम्भ हुने बताइएको छ ।
