काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत पाँच वटा विभिन्न अस्पतालाई ‘बेमी वार्मर’ र ‘न्यानो नानी’ प्रदान गरेको छ ।
बैँकले हेटौंडाको परवानीपुरस्थित लिपानिबिर्ता स्वास्थ्यचौकी, हेटौडा अस्पताल, फापरबारीस्थित बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र सुनसरीको इनरुवा अस्पताललाई सो सामग्री प्रदान गरेको बैंकले जनाएको छ ।
स्वदेशमै निर्मित बेबी वार्मरनवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने सामग्रीबारे बैंकले त्यससम्बन्धी कर्मचारीलाई विशेष तालिम पनि प्रदान गरेको जनाएको छ ।
विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने उदेश्यका साथ बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई ‘न्यानो नानी’ परियोजना २ का लागि सहयोग प्रदान गरेको छ ।
बैंकले यस अघि पनि राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा १० वटा बेबी वार्मर प्रदान गरेको थियो ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराएको बताएको छ ।
छुट्टाछुट्टै स्थानमा गरिएको सामग्री हस्तान्तरणसम्बन्धी तस्वीरहरू तल हेर्नुहोस्–
FACEBOOK COMMENTS