काठमाडौं । नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारत सरकारको कदमविरुद्ध राजधानीमा विरोध प्रदर्शन भएको छ ।
संयुक्त विद्यार्थी संगठनले भारत सरकारको कदमविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले लिपुलेक हाम्रो हो, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, सीमा अतिक्रमण बन्द गर, भारतीय हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाल सरकारले पनि सो भूमिमा यात्रा हुन लागेको विषयमा चासो देखाउँदै कुटनीतिक नोट नै जारी गरेर नेपालको भूमि रहेको कुरामा प्रतिबद्ध रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त भू–भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो ।
भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गर्दै जवाफ फर्काएको थियो ।