काठमाडौं । चलचित्र ‘ककाकिकी’को शीर्ष गीत करोड क्लबमा प्रवेश गरेको छ। २ महिना नपुग्दै यस गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको हो।
यस गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ।
गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ भने शब्द सन्तोष सापकोटाका हुन्। गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोललाई प्रस्तुत गरेको छ।
गीतको भिडिओमा फिल्मका कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायतलाई देख्न सकिन्छ। भिडिओमा गायक अर्जुनसहित पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले पनि नृत्य गरेका छन्। गीतको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन्।

फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।

सुदिप बरालको छायांकन रहेको चलचित्रको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। चलचित्रको श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता हुन्। यो फिल्म आगामी मंसीर ११ गतेबाट रिलिज हुँदैछ।