काठमाडौं । कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ।
लघुवित्तका केही संस्थापक शेयर धनीले आफ्नो हिस्साको शेयर बिक्री गर्न चाहेपछि यसअघि कम्पनीले साबिककै शेयर धनीलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरूको लागि आवेदन माग गरेको हो ।
संस्थापक शेयर धनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय किक्ता शेयर बिक्री गर्न लागेका हुन् भने कमलप्रसाद भुसाल र मोती प्रसाद पौडेलले पनि ५, ५ हजार कित्ता र अर्का शेयर धनी इन्द्र विक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरी कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तले बिक्री गर्न लागेको हो ।
उक्त शेयर किन्न इच्छुक साबिक संस्थापक सेयर धनी बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।
FACEBOOK COMMENTS