काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो साढे ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।