काठमाडौें । कामना सेवा विकास बैंक लिमिटेडले १३४ औं शाखा धनगढीमा विस्तार गरेको छ ।
बैेकलेआइतबार कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोकमा उक्त शाखाको विस्तार गरेको हो ।
व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
१३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएशको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS