कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले ’सपना बोक्ने झोला’ अभियानको सुरूवात गरेको छ । अभियानको संचालन गर्दै क्लबले कपिलवस्तु–११ रेहरास्थित श्री सीताला माविमा २५ वटा झोला वितरण गरेको छ ।
क्लबका अध्यक्ष अमृत गिरीका अनुसार यस अभियान अन्तर्गत जिल्लाका ५ सय विपन्न विद्यार्थीहरुलाई ’सपना बोक्ने झोला’ वितरण गरिने छ र अन्य विद्यालयहरुमा पनि क्रमश वितरण गर्दै जाने क्लबले जानकारी दिएको छ । झोलासहित विद्यार्थीका लागि आवश्यक कपि, पेन, पेन्सिल, जेमेट्री बक्स जस्ता सामाग्री रहेको गिरीले जानकारी दिएका छन् ।
ग्यालेक्सी युथ क्लबले जिल्लामा सरसफाई अभियान ’सफा कपिलवस्तु अभियान’ सहित अन्य अभियान चलाउदै आएको छ । ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व २१ बर्षिय युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।
FACEBOOK COMMENTS