काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–८ मा रास्वपाका उमेदवार विराजभक्त श्रेष्ठ नौ हजार ३२० मतसहित अगाडि छन् । यहाँ हालसम्म १४ हजार २१० मतगणना गरिएको छ ।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, दोस्रो स्थानमा रहेका नेकपाका सुमन सायमीले एक हजार २३४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर आठ हजार ८६ छ ।
कांग्रेसी सपनाराज भण्डारीले एक हजार ७७ मत ल्याएकी छन् । एमालेका राजेश शाक्यले ६७४ मत प्राप्त गरेका खनालले जानकारी दिइन् ।
FACEBOOK COMMENTS