काठमाडौं । नेपालको सबैभन्दा भरोसायोग्य र प्रिमियम टायल ब्रान्डमध्ये एक, कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश विदेश!” को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा एक फेसबुक लाइभ मार्फत सार्वजनिक गरेको छ ।
गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए । एकहजार वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई दयब्त को स्मार्टवाच प्रदान गरिएको थियो । तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा । लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभ मार्फत गरिएको थियो, जसले सयौँ सहभागीहरू र दर्शकहरूलाई उत्साहका साथ जोड्यो। सो कार्यक्रमको सञ्चालन एक ऊर्जावान होस्टले गरेकी थिइन् भने, कार्यक्रमलाई कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत श्री र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री श्री दिव्या रायमाझीले शोभा बढाएका थिए ।
कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने,“कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनु भएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौं । यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ। हामी हाम्रो सम्मानित ग्राहकहरूसँग यो खुसीको क्षण बाँड्न पाउँदा अत्यन्त खुशी छौं ।
त्यस्तै, ब्रान्ड एम्बासडर श्री दिव्या रायमाझीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ। म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन्।”
अन्तत:, धेरै प्रतीक्षित क्षण आयो र बम्पर पुरस्कार विजेता घोषणा गरियो चितवनकी योजीना गुरुङ, जसले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गरेकी थिइन् उनी नै बनिन सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता ।
यस घोषणासँगै सम्पूर्ण नेपालभरका कजारिया ग्राहकहरू र साझेदारहरूबीच उत्साह र खुशीको वातावरण सिर्जना भयो, जसले यो अभियानको सफल समापनलाई चिनायो।
कजारिया टायल्सले विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै सबै सहभागी ग्राहकहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गरेको छ । ब्रान्डले आफ्नो प्रतिवद्धता दोहोर्याउँदै भन्यो, कजारिया टायल्स सधैं उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहकहरूका लागि सन्तोषजनक अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।

FACEBOOK COMMENTS