काठमाडौं । बजारमा तेलको मूल्य घटेको छ । पछिल्लो समय विभिन्न वस्तुको मूल्य बढिरहेको बेला तेलको मूल्य भने घटेको हो ।
नेपाल चामल तेल उद्योग संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगडले खाने तेलको मूल्य घटेको बताएका छन् । दुगडले गत महिनाको तुलनामा खानेतेलको मूल्य करिब ३० प्रतिशतले घटेको बताएका हुन् ।
दुगडका अनुसार तोरी तेलको मूल्य घटेर प्रतिलिटर १९० रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर खानेतेलको मूल्य २७० रुपैयाँसम्म पर्नेमा अहिले घटेर सो मूल्य कायम भएको उनको भनाइ छ ।
‘नेपालमा पहिला तोरी तेलको मूल्य बढेर प्रतिलिटर २७० रुपैयाँ पुगेको थियो, अहिले घटेर १९० कायम भएको छ, यसले उपभोक्ताई केही सहज भएको छ,’ उनले भने ।
यसअघि व्यवसायीहरुले प्रतिब्यारेल ११ सय डलरमा तेल आयात गर्ने भएपनि अहिले ७ सय रुपैयाँमा आयात गर्ने उनको भनाइ छ । भारत लगायतका देशहरुमा तेलको मूल्य घट्दा नेपालमा पनि घटेको उनको भनाइ छ ।
यस्तै, नेपाल चामल तेल उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले आगामी दिनमा तेलको मूल्य थप सस्तो हुने बताए ।
FACEBOOK COMMENTS