काठमाडौँ । खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ।
यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ वटा पल्सर एन१६०, २ वटा आईफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट स्मार्टवाचहरू, इयरबडहरू, चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो ।
पाँच वटा पल्सर बाइकका विजेताहरू यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ । यसका विजेताहरू बिटु साह कल्वार ९राउण्ड १०, प्रदिप धिताल ९ राउण्ड २०, लक्ष्मण डेली स्टोर ९राउण्ड ३०, नरेन्द्र महर्जन ९राउण्ड ४० र निहाल आयुरवेदिक फार्मा ९बोनस राउण्ड० रहेका छन्। अन्तिम लाइभमा २ वटा पल्सर १६० – राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए ।
यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।
FACEBOOK COMMENTS