काठमाडौं । कोशी प्रदेशसभाको नवौं अधिवेशन शनिबार अन्त्य भएको छ ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौं अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ ।