काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गर्ने घोषणा गरेका छन् । एमालेले आज (शुक्रबार) बाट सुरु गरेका स्थानीय तहका जनप्रतिनिधिहरुको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।
गत बुधबार नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिको खण्डन गर्दे ओलीले उक्त आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो, पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले ।’
“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन । आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने ।
FACEBOOK COMMENTS