काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पिताको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् ।
शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।
बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल भइरहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम चयन गरेर पेस गर्न दलहरूलाई यही फागुन २८ गते तीन दिनको समय दिएको थियो । त्यो म्याद आइतबार सकिनेछ ।


एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल

FACEBOOK COMMENTS