काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
सोमबार बालुवाटारमा भएको भेटवार्तामा नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएको विषयमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले चौधरीलाई सरकारबाट बाहिर नजान आग्रह गरेका थिए ।
आफ्ना सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि नाउपा सुदूरपश्चिमसहित लुम्बिनी प्रदेश र केन्द्र सरकारबाट बाहिरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा नाउपा आजदेखि प्रतिपक्षी बेञ्चमा बसेको छ भने नाउपाबाट ओली सरकारमा सहभागी भएका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन् ।
FACEBOOK COMMENTS