काठमाडौं । नेकपा एमाले दोलखा जिल्ला कमिटी बैठकले एमालेको अभिभावकको रुपमा केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै ओली नै अबको महाधिवेशनबाट अध्यक्ष हुनुपर्ने निर्णय गरेको छ ।
११ औं महाधिवेशनको तयारी भइरहेका बेला जिल्ला कमिटी बैठकबाटै ओली नै अध्यक्ष रहिरहनुपर्ने निर्णय गर्ने दोलखा पहिलो जिल्ला कमिटी बनेको छ । बैठकको निर्णय सार्वजनिक गर्न आइतबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज पार्वत गुरुङ,अध्यक्ष नरवहादुर श्रेष्ठ,वागमती प्रदेश मन्त्री भरत केसीलगायतले ओलीको निरन्तरताको निर्णय सुनाएका हुन् ।
बैठकको निर्णयमा भनिएको छ– नेकपा एमालेको अभिभावकको रूपमा रहेको राष्ट्रवादी नेता कमरेड केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ ।
पत्रकार सम्मेलनमा बैठकले गरेका १४ बुँदे निर्णय सार्वजनिक गर्दै एमालेले कालिञ्चोक केबलकारलगायत दोलखाका राजनीतिक दलका नेताहरुका व्यक्तिगत सम्पत्तिमाथि गरिएको आक्रमणको निन्दा गरेको छ ।
FACEBOOK COMMENTS