काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएका असन्तुष्टिहरूलाई फ्युलिङ गरेर अराजक तत्वहरूले अस्थिरता फैलाउन खोजिरहेको बताएका छन् ।
दक्षिण एसियाली किसान फेडेरेशनको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले असन्तुष्टिप्रधान जमानाको फाइदा उठाउँदै केही अराजक तत्वहरूले नेपाली समाजमा अस्थिरता ल्याउन खोजिरहेको बताएका हुन् ।
‘अहिले जमाना नै एक खालको असन्तुष्टिप्रधान छ । एक खालको भावनामा बग्ने खालको छ । अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ । मान्छे असन्तुुष्ट छ, असन्तुुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युुलिङ गरेर अराजक तत्वहरू अस्थिरता ल्याउन खोज्छन्,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै, उनले जनमत नै नभएकाहरूले सडकबाटै शासन चलाउन खोजिरहेको आरोप पनि लगाएका छन् । खासगरी राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै उनले भने, ‘व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छुु त्यही मान्नुुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन । उनीहरूसँग जनमत पनि छैन । जनमत हुने भए उनीहरू सरकार बनाउँथे, चुनाव लड्थे, चुनावबाट बहुुमत ल्याउँथे, सरकारमा आएर परिस्थितिमा परिवर्तन ल्याउँथे । तर उनीहरू त्यसो गर्न सक्दैनन् । परिस्थितिमा परिवर्तन ल्याउने उनीहरूमा जनमत छैन ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘उनीहरूसँग जनमत छैन । तिनीहरू मेक्सिमम् देआर अराउण्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्टिे«न्थ फाइभ पर्सेन्ट, दे वान्ट टुु चेन्च सिस्टम एण्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टुु चेन्ज द गर्भमेन्ट । दे वान्ट टुु क्याप्चर द पावर । त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ ।’ सानो सङ्ख्याले अराजकता सिर्जना गर्ने र सानो सङ्ख्याले असन्तुष्टिलाई दुरूपयोग गर्ने गरिएको भन्दै प्रत्रानमन्त्री ओलीले जनतामा रहेको असन्तुष्टिलाई दुुरूपयोग गर्ने र त्यस दुुरूपयोगलाई क्षणिक आन्दोलनको रूपमा ल्याउनु राम्रो नभएको तर्क गरे ।

‘उनीहरूलाई कहाँ पुुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो पनि थाहा छैन,’ उनले भने । नेपाललाई फेरि पछाडि फर्काउने खालका सोचहरू, प्रवृत्तिहरू, मागहरू केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छेहरू त्यस्ता खालका प्रयासमा लागिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको पूरा मन्तव्य पढ्नुहोस्–

‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो, बालबालिकालाई विद्यालयबाहिर राख्न सकिँदैन’