भक्तपुर। बिस्काः जात्राको अवसरमा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।
मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले मंगलबार जिब्रो छेडाएका हुन् । उनले योसहित लगातार तेस्रो पटक जिब्रो छेडेका छन् ।
किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो ।



