काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीसँग मिलेको आरोप लगाएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘कतै ओली राजावादी त होइनन्, हिजो पनि राजावादीसँग मिल्न खोज्थे र आज पनि मिल्न खोजेको देखिन्छ,’ प्रचण्डले भने, ‘यदि उनी गणतन्त्रवादी हुन् भने संसद्मा आएर जवाफ दिएर पुष्टि गर्न सक्नुपर्छ ।’
जनभावनाविपरीत विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गरेर आन्दोलनको माहोल सृजना गरेको प्रचण्डको आरोप छ । कुलमानबारे प्रश्न उठिसकेपछि संसद्मा आएर जवाफ दिनुपर्ने उनको भनाइ छ ।
कुलमानलाई बर्खास्ती गर्नु ठूलो कुरा नभए पनि सरकार सुशासनमा छ कि कुशासनमा भन्ने गम्भीर प्रश्न भएको चर्चा गर्दै उनले सरकारको कुशासनविरुद्ध संसद अवरुद्ध पारिएको स्पष्ट गरे ।
निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना हो, अब ज्ञानेन्द्रले भोग्न बाँकी केही रहनेछैन : प्रचण्ड
FACEBOOK COMMENTS