जनकपुरधाम । सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि प्रदेश २ सरकारले
तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्न ३१ करोड अनुदान दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले अध्यादेश मार्फत सप्तरीमा कृषि विश्वविद्यालय र वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पतालरुलाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गर्ने र मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत छोरी बिमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
FACEBOOK COMMENTS