काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् ।
श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।
श्रेष्ठले फराकिलो मतान्तरसहित निर्वाचित भए पनि औपचारिक घोषणा हुन बाँकी छ ।
FACEBOOK COMMENTS