काठमाडौं । निवर्तमान केपी ओली नेतृत्वको सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निदेृशकबाट बलजफ्ती हटाएका कुलमान घिसिङ ऊर्जामन्त्री बनेर कमब्याक गरेका छन् ।
भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध जेन्जी युवाहरूले आन्दोलन डेछेपछि नवगठित अन्तरिम सरकारमा उनी ऊर्जा तथा जलस्रोतसहित तीनवटा मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सत्तासिन भएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएकी छिन् ।
ऊर्जा तथा जलस्रोतमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा उनले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता उठाउनेगरी पहिलो निर्णय गरेका छन् । उनी प्राधिकरणमा रहँदा पनि बक्यौदा उठाउने विषयलाई उच्च प्राथमिकतामा राखेको थिए । बक्यौ उठाउने सन्दर्भमा सरकार र तालुक मन्त्रालयसँग विवाद हुँदा उनी बर्खास्तीमा परेका थिए ।
प्राधिकरणमा अहिले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार डेडिकेटेड फिडर र ट्रङ्क लाइन सुविधाबाट विद्युत् उपभोग गरेका उपभोक्ताहरूको २०७२ माघदेखि २०७५ वैशाख सम्मको बिल विवरण निम्नानुसार छ । यी उद्योगहरूबाट प्राधिकरणले ६ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ बक्यौदा उठाउनुपर्ने छ ।

प्रादेशिक कार्यालय, विराटनगर
१. श्री बाबा जुट मिल
२. श्री रघुपती जुट मिल
३. श्री उदयपुर सिमेन्ट उद्योग
४. श्री रिलायन्स स्पिनिङ मिल्स
५. श्री निगाले सिमेन्ट प्रालि
६. श्री अरिहन्त मल्टीफाइवर लि
७. श्री अरिहन्त पोलीप्याक लि.

प्रादेशिक कार्यालय, जनकपुर
८. मारुती सिमेण्ट प्रालि
९. त्रिवेणी सिन्थेटिक यार्न
१०. हिमाल आइरन एण्ड स्टील
११. त्रिवेणी स्पिनीङ्ग मिल्स
१२. नारायणी स्पात मिल्स
१३. जगदम्बा स्टिल प्रा.लि..
१४. जगदम्बा इन्टर प्राइजेज
१५. अशोक स्टिल
१६. हुलास स्टिल
१७. हामा आइरन
१८. एभरेष्ट पेपर मिल
१९. कसमस सिमेन्ट फ्याक्ट्री

बागमती प्रदेश प्रादेशिक कार्यालय
२०. युनाइटेड सिमेण्ट प्रालि
२१. श्री शिवम् सिमेण्ट
२२. श्री हेटौडा सिमेण्ट
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल
२३. जीबी टेक्सटाइल
२४. जीबी टेक्सटाइल
२५. नारायण रबर उद्योग
२६. अर्घाखाची सिमेन्ट इन्डस्ट्रीज
२७. विशाल सिमेन्ट इन्डस्ट्रीज
२८. शुभश्री अग्नी सिमेन्ट प्रा ली
२९. एभरेष्ट रोलिङ मिल
३०. सोना पोलिमर्स
३१. विनायक स्पात प्रालि
३२. जगदम्बा सिन्थेटिक
३३. एसआर फुड्स
३४. घराना फुड्स
३५. सिद्धार्थ पेटप्लास्ट
३६. सोना प्याकेजिङ
३७. श्री गोयन्का फुडस, रुपन्देही
३८. श्री भलवारी स्वचालित कारखाना
३९. श्री श्याम प्लास्टिक उद्योग
४०. श्री पन्चकन्या प्लाष्टिक इण्डष्ट्रिज
४१. श्री पन्चकन्या स्टिल इण्डष्ट्रिज
४२. श्री एस. आर. स्टिल इण्डष्ट्रिज
४३. श्री नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज
४४. श्री शुभ लक्ष्मी पोलिमर्स
४५. श्री नेशनल रवर इण्डष्ट्रिज
४६. श्री जय दुर्गा प्लाष्टिक इण्डष्ट्रिज
४७. श्री यशोदा फुड प्रा.लि.
४८. श्री ए.जी. हेल्थ इण्डष्ट्रिज
४९. श्री सर्वोत्तम सिमेन्ट
५०. श्री बुटवल सिमेन्ट
५१. श्री सिद्धि लक्ष्मी स्टिल
५२. श्री लक्ष्मी स्टिल
लुम्बिनी प्रदेश डिभिजन कार्यालय
५३. सूप हवाई कार्यालय
५४. सोनापुर मिनरल एण्ड आयल प्रालि
५५. घोराही सिमेण्ट उद्योग
५६. सम्राट सिमेण्ट
५७. रोल्पा सिमेण्ट
ऊर्जामन्त्री कुलमान घिसिङले गरे पदभार ग्रहण, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय