सुर्खेत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारले कर्णाली प्रदेशलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए ।
उनले छिमेकी देश भारतले पनि इन्धनमा धेरै मूल्यवृद्धि नगरेको बताए । सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्नेमा उनले जोड दिए ।
सुर्खेत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । सोमबार (वैशाख ७) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारले कर्णाली प्रदेशलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए ।
“कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने ।

उनले छिमेकी देश भारतले पनि इन्धनमा धेरै मूल्यवृद्धि नगरेको बताए । सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्नेमा उनले जोड दिए ।

करिब दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने उनले उल्लेख गरे ।
