पोखरा । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् ।
आज आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउँदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
उनले धेरै समूह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने विश्वास उनले व्यक्त गरेका छन् । आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमतिपछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो ।
यद्यपि, कुलमानले रवि लामिछानेसँग बालेनको सहमतिप्रति असहमति राखेका छन् ।
FACEBOOK COMMENTS