काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले देशभरका सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। बैंकले यो अभियानमार्फत सर्वसाधारण, विशेषगरी युवाहरूलाई सचेत र जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने लक्ष्य राखेको छ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फाइनान्सियल इन्फ्लुयन्सरको प्रभाव र एआईको प्रवेशले सर्वसाधारण, विषेशगरी युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखिएको बैंकको भनाइ छ।
कार्यक्रमअन्तर्गत, सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ। बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
कुमारी बैंकले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने वित्तीय साक्षरता प्रवर्द्धनमा पनि जोड दिँदै आइरहेको छ। देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै ग्राहकहरूलाई सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न सहकार्य गर्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।
FACEBOOK COMMENTS