काठमाडौं । ‘वे टू लिस्टिङ’ सेवाका लागि कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटल प्रालिबीच सम्झौता भएको छ ।
हिमाल वाटर पार्क भिलेज होटेललाई आईपीओ जारी गरी सूचीकरण (लिस्टिङ)को चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेगरी दुई संस्थाबीच सम्झौता भएको हो ।
यससम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटेल प्रालिका सञ्चालक सुनिल कुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको सञ्चितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटेल भारतीय चेन होटेल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत चारतारे होटेलका रुपमा वीरगञ्जमा सञ्चालन भइरहेको छ ।
कुमारी क्यापिटलले ‘वे टू लिस्टिङ’ सेवा अन्तर्गत नेपालमा प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
FACEBOOK COMMENTS